असार २४ गते बिहे गर्दै नीता र हरिहर

काठमाडाैं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन् । ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले असार २४ गते विवाह गर्न लागेका हुन् ।

आइतबार उनीहरूको विवाहको कार्ड सार्वजनिक भएको छ ।

सार्वजनिक भएको कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ ।

उनीहरूको विवाहमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ । उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन् ।

बिहेपछि नीता र हरिहर फिल्म ‘ह्रस्व दीर्घ’मा व्यस्त हुनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१