
काठमाडाैं । ‘मिस इण्डिया २०२२’ को उपाधि कर्नाटककी सिनी शेट्टीले जितेकी छिन् । जुलाई ३ मा मुम्बईमा भएको ग्राण्ड फिनालेमा शेट्टीले मिस इण्डियाको ताज पहिरिएकी हुन् ।
त्यसैगरी, राजस्थानकी रुबल शेखावत फर्स्ट रनर-अप घोषित हुँदा उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर-अप बनिन्।
२१ वर्षीय मिस इण्डिया सिनी हाल चार्टड फाइनान्स एनालिस्टको कोर्ष गरिरहेकी छिन्।
फिनालेमा बलिउड सेलिब्रेटीहरु कृति सेनन, मलाइका अरोडा, नेहा धुपिया, मनिष पल, राजकुमार राव, डिनो मोरेया, राजलगायतको उपस्थिति रहेको थियो ।