गीत चोरीको विषयमा इन्दिराले गरिन् बचाउ, स्टाइल भित्र्याएको दाबी

काठमाडौं । गायिका इन्दिरा जोशी विवादमा तानिएकी छिन् ।

जुन ३० मा युट्युबमा रिलिज भएको इन्दिराकै शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत पछ्यौरी अंग्रेजी गीत ‘टक डर्टी’ सँग मिल्दोजुल्दो भएको भन्दै आलोचना भएपछि गायिका विवादमा तानिएकी हुन् ।

सामाजिक सञ्जालमा उनका प्रशंसक अंग्रेजी गीतसँग रचना शैली मिलेको भन्दै आलोचनामा खनिएपछि उनले सामाजिक सञ्जालबाट यसकाे जवाफ फर्काएकी छन् ।

उनी लेख्छिन्, ‘अन्तर्राष्ट्रिय शैलीलाई नेपाली स्टाइलमा समावेश नगर्दा नै बेस होला । अरुले त्यही काम गर्दा स्टाइल र ट्रेन्ड हुन्छ । तर हामीले प्रयोगमा ल्याउँदा कपी । ध्वनि र प्रविधिको ज्ञान र प्रयोगमा हामी पछि छौं । तर विचारमा त झनै पछि रहेछौं ।’

आफ्नो गीत जुन अंग्रेजी गीतसँग मिल्दोजुल्दो छ, त्यो पनि अर्को अंग्रेजी गीत बाल्टन बिट बक्सको ‘हर्मेटिको’सँग प्रभावित देखिएको भनि इन्दिराले आफ्नो बचाउ प्रयास गरेकी छन् ।

उनले आफूले स्टाइल भित्र्याएको अर्थ्याएकी छिन् । उनले सामाजिक सञ्जालमा लखेको स्टाटसमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । धेरैले उनलाई ,’गीत चोरेको होकी होइन ?’ भन्ने प्रश्न गरेका छन् । उनले स्टाटसमा भने स्टाइल र ट्रेन्डलाई प्रयोगमा ल्याएको बताएकी छिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१