सुशान्त मृत्यु प्रकरण : रिया र उनका भाइसहित ३५ जनाविरूद्ध उजुरी दर्ता

काठमाडाैं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अनुसन्धान जारी राखेको छ ।

बुधबार सुशान्तसँग जोडिएको लागुऔषधको विषयमा एनसीबीले ३५ आरोपीविरुद्ध अदालतमा उजुरी दायर गरेको छ ।

आरोपपत्रअनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीलगायतलाई एनसीबीले आरोपित बनाएको छ । सबैविरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने गरेको आरोप लगाइएको छ ।

उजुरी दायरभएपछि रिया एकपटक फेरि अफ्ठ्यारोमा परेकी छिन् । सुशान्तलाई रियाले नै लागूऔषध दिएको एनसीबीले दाबी गरेको छ । रियाले सामुएल मिरान्डा, भाइ शोविक, दीपेश सावन्त र अन्य अभियुक्तहरूबाट गाँजा ल्याएर सुशान्तलाई दिएको आरोपपत्रमा उल्लेख छ ।

यो मुद्दाको सुनुवाई २७ जुलाईमा विशेष अदालतमा हुँदैछ । रिया दोषी प्रमाणित भएको खण्डमा उनलाई १० वर्षको जेल सजाय हुन सक्छ ।

१४ जुन २०२० मा सुशान्त सिंह राजपूतको शव मुम्बईस्थित उनकै घरमा भेटिएको थियो ।

यही केसमा सन् २०२२ सेप्टेम्बरमा रिया पक्राउ परेकी थिइन् । झण्डै एक महिना जेल बसेपछि रियाले मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् । सर्वोच्च अदालतको आदेशमा सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१