ललित मोदीसँग सम्बन्धमा रहेको चर्चापछि सुस्मिता सेनले दिइन् यस्तो प्रतिक्रिया

काठमाडौं । मिस युनिभर्स तथा अभिनेत्री सुस्मिता सेनले ललित मोदीसँग सम्बन्धमा रहेको विषयमा आफ्नो मौनता तोड्दै यस सम्बन्धमा पर्याप्त स्पष्टीकरण दिइसकेको बताएकी छन् ।

सुस्मिता सेनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म अहिले खुसी छु । बिहे गरेको छैन, इन्गेजमेन्ट पनि भएको छैन । मात्र प्रेमले घेरिएको छु । यसबारे पर्याप्त स्पष्टीकरण दिइसकेको छु । अब म आफ्नै काम र जीवनमा फर्किन्छु ।’

आइपिएलका संस्थापक मानिने ललित मोदीले बिहीबार साँझ ट्वीटर र इन्स्टाग्राममा सुस्मिता सेनसँग डेटमा रहेको बताएका थिए ।

उनले यसबारे सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रिया आएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१