
काठमाडाैं । नेपाल विद्यार्थी संघकाे प्राण रक्षार्थ खबरदारी भेला सम्पन्न भएकाे छ । काठमाडाैंकाे विभिन्न क्याम्पसमा नेपाल विद्यार्थी संघकाे नेतृत्व गरिररहेका अगुवा नेता कार्यकर्ता भेला भई खबरदारी गरेका छन् । लामाे समयदेखि संगठनलाई निष्क्रिय बनाएर संगठनलाई बन्धक बनाइएकाेमा उनीहरुले तीव्र असन्तुष्टी व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल विद्यार्थी संघका नेता तथा सुशील काेइराला साेसलिष्ट युथ सर्कलका केन्द्रीय अध्यक्षले सभापति शेरबहादुर देउवालाई हजाराैँ विद्यार्थीहरुकाे भविष्यमाथि कुठाराघात गरेकाे र संगठनलाई बन्धक बनाएकाे हुँदा उहाँलाई इतिहासले प्रश्न साेध्ने र हिसाब गर्ने चेेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका नेता यामबहादुर खाँड, नेविसंघ अस्कल क्याम्पसका नेता अमृतजंग बस्नेत थापाथली क्याम्पसका नेविसंघका इकाइ अध्यक्ष विष्णु मुलपाती नेविसंघ रामेछापका नेता दिपक कार्कीलगायतले पार्टी नेतृत्वकाे तीव्र आलाेचना गरे ।
उक्त कार्यक्रमकाे सञ्चालन नेविसंघका नेता शिवलाल पाण्डेले गरेका थिए । कार्यक्रममा नेविसंघका नेता अर्जुन पाण्डे, विशाल पाैडेल, नेविसंघ गुल्मीका जिल्ला सदस्य अमृत भण्डारीलगायतले नेविसंघलाई तत्काल पूर्णता नदिए आगामी निर्वाचन कांग्रेसलाई सुखद् नहुने चेतावनी दिए ।