
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहको नग्न फोटोसुटले सामाजिक सञ्जालमा हंगामा मच्चाइरहेका बेलामा अर्का एक अभिनेताले नग्न फोटोसुटको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनी तमिल स्टार विष्णु विशाल प्रसिद्ध पूर्व ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाका श्रीमान हुन् । अझ चाखलाग्दो कुरा के छ भने विष्णु विशालका उक्त नग्न तस्विरहरू ज्वाला गुट्टाले क्लिक गरेकी हुन् ।
बिना कपडा बेडरुममा सुतेका विष्णु विशालले आफ्नो नग्न तस्विरहरू इन्स्टाग्राममा सेयर गर्दै आफू यो ट्रेन्डमा सामेल भएको लेखेका छन् । अभिनेताले लेखेका छन्, ‘ट्रेन्डमा सामेल । लगभग… फोटो क्रेडिट, जब श्रीमती ज्वाला गुट्टा फोटोग्राफर बनिन् ।’
तमिल स्टार विष्णु विशालका उक्त तस्विरहरु अहिले सोसल मिडियामा भाइरल भइरहेका छन् । फिल्म स्टारका फ्यानहरूले उनलाई सामाजिक सञ्जालमा चर्को ट्रोल गरिरहेका छन् ।
केही दिन अगाडि मात्रै अभिनेता रणवीर सिंहले नग्न फोटोशूट गरेका थिए । रणवीर सिंहका नग्न तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् ।