
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनमाथि खनिएका छन् ।
शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको अधिवेशनमा सम्बोधन गर्दै ओलीले अब देशकाे जिम्मा कसलाई लगाउने भन्ने पाँच ओटा टाउकाले नभइ आम जनताले निर्णय गर्ने बताए ।
उनले भने- ‘फैसला गर्ने जनताले हाे, ५ दलले हाे र ? १० ओटा रित्ता टाउका जम्मा भएर बहुमत आउने हाे र ?’
उनले सबै राजनीति पार्टीलाई विचारकाे प्रतिस्पर्धा गर्न चुनाैती पनि दिए । उनले एमालेले जितेमात्र देशमा विकास हुने नभए गठबन्धनले देश अलाेकतान्त्रिक बाटाेमा लैजाने दाबी पनि गरे ।
अध्यक्ष ओलीले नेपाली कांग्रेस लाैराे टेकेर पनि उभिन नसकेकाे टिप्पणी पनि गरे । उनले भने, ‘कांग्रेसलाई देखेर दया लागेर आउँछ । लाैराे टेकेर पनि उभिन सकेकाे छैन, कहिले प्रचण्डकाे कहिले माधव नेपालकाे हात समाउन परेकाे छ ।’