पैदल यात्रामा निस्किए ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली नागरिक समाज र स्वतन्त्र अगुवासहित पैदलयात्रामा निस्किएका छन् ।

मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा ओली सहभागी भएका हुन्। चुनावी प्रचार–प्रसारकै रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन् ।

ओलीले ललितपुर निर्वाचन क्षेत्र–३ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सहभागितामा पैदलयात्रा गरेका हुन्। पैदलयात्रामा अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१