
काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
पछिल्लो तथ्यांक अनुसार प्रदीपले ६१८१ मत पाएका छन् । उनका प्रतिस्पर्धी इश्वर पोखरेलले ४३६५ मत पाएका छन् ।
१५ हजार ७९७ मत गन्दा उनीहरूबीच १८१६ मतको अन्तर छ । प्रदीपले यहाँ सुरूवात देखि नै अग्रता लिइरहेका छन् ।