
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म ३७ हजार दुई सय ३२ मत गणना भएको छ । थापाले १७ हजार पाँच सय १७ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले अहिलेसम्म ११ हजार ९ सय ४८ मत ल्याएका छन् ।
राप्रपाका ठाकुरमोहन श्रेष्ठले २ हजार २ सय ६८ मत ल्याएका छन् । यो क्षेत्रमा एमालेका राजनभन्दा कांग्रेसका थापा ५ हजार पाँच सय ६८ मतले अघि छन् ।