काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापाकाे जित निश्चित

काठमाडौं । काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा जित निश्चित भएकाे छ । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो ।

अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् ।

अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ भोट छ ।

यस्तै, राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ भोट आएको छ । गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१