बागलुङ–१ (२) बाट प्रदेशसभामा कांग्रेसका डिल्लीराम सुवेदी निर्वाचित

बागलुङ । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

नेकपा एमालेका नवराज पौडेललाई ७ हजार ८७ मतान्तरले पछि पार्दै सुवेदी विजयी भएका हुन् ।

सुवेदीले १४ हजार ६१० मत प्राप्त गर्दा एमालेका पौडेलले ७ हजार ५२३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द सापकोटाले ६५५ र मंगोल नेशनल अर्गनाइजेसनका सहवीर थापाले २५७ मत प्राप्त गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१