गृहमन्त्री खाँणकाे दाबी : पाँचदलीय गठबन्धनकाे सरकार बन्छ

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ ।

खाँण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए । उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए ।

भैरहवामा भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरेका थिए ।

‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए।

उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने पनि बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१