सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीकाे दाबी : फेरि देउवाकाे नेतृत्वमा सरकार बन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।

मन्त्री कार्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तरले पराजित गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१