गगन-शेखर समूहबीच जुटेन सहमति, फेरि छलफल हुने

काठमाडौं । संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीच अझै समझदारी जुटेको छैन ।

लाजिम्पाटस्थित होटल एम्बास्डरमा बिहान साढे ८ बजेदेखि बसेको बैठक टुंगोमा पुग्न नसकेकाे हाे । पुन: छलफल हुने भन्दै नेताहरु बाहिरिएका छन् ।

बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले आफूहरुको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए ।

कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । मनोनयन दर्ताको समय अगाडि नै समझदारीमा पुग्ने प्रयासमा थापा र कोइराला पक्षका नेताहरु छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१