
काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले संसदीय दलको नेतामा साझा उम्मेदवार बनाउने सहमति गरेका छन् ।
संसदीय दलको नेता चयनका लागि उम्मेदवारी दर्ता गर्नु केही समय अघि काठमाडौंमा बसेको सो समूहको भेलाले दलको नेतामा साझा उम्मेदवार बनाउने सहमति गरेको कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिए ।
मुलुकको राम्रो भविष्य र आफ्नो समूहको बिचारधारालाई एकतावद्ध गर्नका लागि दलको नेताको उम्मेदवारमा सहमति समेत जुटाइसकेको उनले बताए ।
उक्त समूहका नेता शेखर कोइरालाले संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने बताइएको छ ।