
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनाव नहारेको बताएका छन् ।
मंगलबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूहरुले घेराबन्दी र धाँधलीका बीच चुनाव जितेको बताए ।
उनले भने, ‘हामी हारेका छैनौं, हामीले जितेका छौं, हामीले हार्नुहुँदैन । हामीले हार्दा हाम्रो उद्देश्य हार्छ, देशको आकांक्षा हार्छ, हाम्रो गन्तव्य हार्छ ।’
अपेक्षा गरेको सिट ल्याउन नसके पनि आफूहरुले उत्सव मनाइरहेको अध्यक्ष ओलीले बताए ।