
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने भएका छन् ।
पौडेल काठमाडौंस्थित बसेरा होटेलमा पुगेर थापालाई समर्थन जनाउँदै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेका छन् ।
गएको महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्री उठेका पौडेलले काठमाडौं- ५ बाट संसदीय निर्वाचन जितेका थिए ।
उनले पार्टीको संसदीय दलको नेतामा भने थापालाई समर्थन गरेका हुन् ।
निर्वाचन अघिदेखि नै महामन्त्री थापाले संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए ।
कांग्रेस महाधिवेशनका बेला एउटै समूहबाट सभापति उठेका शेखर कोइरालाले पनि गगन थापालाई संसदीय दलको नेता बनाउन सहमत भएका छन् ।