८९ मत खस्यो कांग्रेस संसदीय दलको मतदानमा

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ ।

सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ ।

केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१