विश्वप्रकाश शर्माले गरे कांग्रेसकाे तुलना एम्बाप्पेसँग, ‘धेरै गाेल हाने पनि कप अर्कैले लग्याे’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्वकप फुटबलसँग तुलना गरेका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा उनले फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हानेजस्तै कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर उपाधि गुमाउनु परेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी गोल एम्बाप्पेले गरे । गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । तर भयो के भन्दा एम्बाप्पेले सबैभन्दा बढी गोल गर्‍यो, गोल्डेन बुट पनि जित्यो। तर कप चै अर्कैले लग्यो क्या ।’

उनले फेरि पाँच वर्षपछि कांग्रेस उदाउने दाबी गरे ।

‘अहिलेको च्याम्पियनलाई हामी ५ वर्षपछि डिफेन्डिङ च्याम्पियन बनाउँछौं । हामी विजयी हुन्छौं । देशभर सोध्दै गर्दा मैले भनेको सुरूवाती वाक्य नै डन्ट वरी । हामी छौं हो’, उनले भने ।

उनले अब निर्माणकाे काम यहीँबाट सुरु हुने पनि बताए । उनले भने, ‘जब केही भत्कन्छ, निर्माणको सुरूआत त्यहीँबाट हुन्छ । नेपाली कांग्रेसका लागि यो टर्निङ पोइन्ट हो । अहिले नहुनुपर्ने भयो । जे नहुनुपर्थ्यो भयो । कोही कोही बेला जे भएको छ ठीकै भएको छ भन्ने लाग्छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१