सत्ता गुमाएपछि कांग्रेसले बाेलायाे केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

पार्टीभित्र बैठकको माग भइरहेको बेला सभापति शेरबहादुर देउवाले पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् ।

संसदको सबैभन्दा ठूलो दल भएर पनि कांग्रेसले सत्ता गुमाइसकेकाे छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस २२ गते दिउँसो १ बजे सानेपामा बैठक बस्ने तय भएको जानकारी गराएका हुन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई खबर गरिएको उनले बताए ।

उनका अनुसार बैठकमा प्रस्तुत हुने ३ वटा एजेण्डा तय भएका छन् ।

जसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा, समसामयिक राजनीति विषय र विविध रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१