कांग्रेसको वागमती प्रदेश संसदीय दलको नेतामा लामा निर्वाचित, बानियाँ पराजित

हेटौंडा । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गर्दै दलको नेता चयन भएका हुन् । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।

वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१