
काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार कांग्रेस नेतृत्वको गठवन्धन फुटेपछि अहिले कांग्रेसमा तीनथरी प्रतिक्रिया उत्पन्न भएका छन् :
पहिलो- स्तब्ध । सभापति शेरबहादुर देउवा र उनको समूहमा सन्नाटा छाएको छ ।
दोस्रोमा- हर्ष । जो देउवा समूहबाट पीडित छन उनीहरु खुशी छन् ।
तेस्रोले सामान्य घटनाकारुपमा लिएकाछन । जसको नेतृत्वमा सरकार बन्दा पनि के फरक पर्छ ? सत्ता गुमेको हो कांग्रेस समाप्त भएको होइन भन्ने उनीहरुको बुझाइ छ ।
यो घटनापछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ । शाहीका अनुसार पार्टीमा माग भए बमोजिम सभापति देउवाले पदबाट राजीनामा गर्दा राम्रो हुन्छ तर उनले गर्दैनन् । देउवा समूहकै नेताहरुले सभापतिलाई त्यसो गर्न दिँदैनन् ।
सही मुल्यांकन र समीक्षा गर्ने भने गठबन्धन फुटेर सत्ता गुम्नुको दोष सभापति देउवासहित सम्पूर्ण पदाधिकारीले लिनुपर्ने शाहीको तर्क छ । उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरु कोही पनि भाग्न मिल्दैन ।
शाही भन्छन्, ‘हामीले जल्दाबल्दा युवा महामन्त्री, सहमहामन्त्री ढोका बाहिर ताली बजाएर बस्न पठाएका होइनौ । हस्तक्षेपकारी भूमिका खेल्न चुनेर पठाएको हो । अहिले हामीलाई बोलाइएन, बैठकबारे जानकारी दिइएन भन्ने ? यो गैरजिम्मेवारी हो । ’
माओवादी अध्यक्ष पुष्पकमल दाहालको छेपारो प्रवृतिका कारण कांग्रेसले मात्र नभइ मुलुकले नै दुःख पाएको छ । उनको प्रवृति लोकतन्त्रका लागि घातक छ । तर, दुर्भाग्य देशको सबैभन्दा नैतिक पतन भएको व्यक्ति यो देशको प्रधानमन्त्री बनेकाछन् ।
नेता शाहीगठवन्धन भत्केर रुवावासी गर्नुकोसट्टा कांग्रेस आन्तरिक एकता कायम गर्नतर्फ लाग्नुपर्ने बताउँछन् । आफना भ्रातृ तथा भगिनी र शुभेच्छुक संगठनलाई चुस्त बनाउने, देशभर संगठन निर्माण र विचारको प्रवाह गर्ने, नेताहरुबीच देखिएका मतान्तर मेटाउने, जिम्मेवारीको उचित बाँडफाँट गर्ने लगायतका काममा लाग्नुपर्छ ।
यसरी अगाडि बढे कांग्रेसलाई कुनैपनि शक्तिले चुनौती दिन सक्नेछैन । अन्यथा प्रचण्ड जस्ता पात्रले फाइदा लिइरहन्छन् ।
विस्तृत भिडिओमा :