याे सरकारकाे आयु छाेटाे छ : कांग्रेस प्रवक्ता महत

काठमाडाैं । नेपाली कांग्रेसले वर्तमान सत्तागठबन्धन अवसरकेन्द्रीत रहेको टिप्पणी गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धन अवसरकेन्द्रीत रहेको र धेरै दिन नटिक्ने बताएका हुन् ।

उनले राजावादी, संविधानविरोधी, संघीयता विरोधी मिलेर गठबन्धन बनेको भन्दै यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन भएको धारणा राखे ।

अहिले नै सत्ता गठबन्धनभित्र भागवण्डाको विवाद सुरु भइसकेकाले गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावना रहेको उनले बताए । प्रवक्ता महतले कांग्रेस नेतृत्व तोडिनुमा आफ्नो पार्टीको मात्रै दोष नरहेको भन्दै प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल नै हुन नसकेको धारणा राखे ।

उनले अब कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्दै गुण दोषका आधारमा सरकारलाई हेर्ने दृष्टिकोण बनाउने बताए ।

उनले गठबन्धन तोडिएपछि कांग्रेस बिचलित नभएको र वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास नगरेको पनि जिकीर गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१