
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।
महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।
पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाएर कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।
उक्त बैठकमा देउवाले प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेका हुन् ।