प्रचण्डलाई विश्वासकाे मत दिने कांग्रेसकाे निर्णयमा प्रदीप पाैडेलकाे असहमति

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस कार्यसम्पादन समितिको निर्णयमा नेता प्रदीप पौडेलको असहमति जनाएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा उनले असहमति जनाएका हुन् ।

विश्वासको मत दिइसकेपछि नैतिक रुपमा प्रतिपक्षमा बस्न नमिल्ने उनको तर्क छ । ‘मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न मिल्दैन । कानुनी जटिलताहरु छन् भनेर मैले असहमति जनाएको हुँ ।’ बैठकपछि पौडेलले भने ।

कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रतिपक्षमा बस्नेगरी प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो। सो निर्णयबारे संसदीय दलको बैठकमा छलफल भएको थियो ।

कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असहमति दर्ज गराएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१