
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं फर्किएपछि प्रचण्ड एमाले अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुगेका हुन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ ।
सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।
सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको छ ।
केही राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद् ढिलोमा शुक्रबारसम्म गठन भइसक्ने नेताहरुले बताएका छन् ।