
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कार अभियुक्तलाई कुनै पनि खालको उन्मुक्ति दिन नहुने बताएका छन् ।
बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले उक्त कुरा लेखेका हुन् ।
उनले भनेका छन् ‘कोही नेता लोकप्रिय होलान्, कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान् । यो बेग्लै कुरा हो, तर बलात्कार अभियोग वा कुनै पनि अभियोग लागेका व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्दैन ।’
बलात्कार अभियुक्त सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेकाले त्यससम्बन्धी पुनर्विचार गर्न क्यानको गम्भीर ध्यानाकर्षण गर्न पनि उनले सुझाव दिएका छन् ।
अहिले क्यानले निलम्बन फुकुवा गरेपछि लामिछानेलाई बन्द प्रशिक्षणमा पनि समावेश गरेको छ । जसले गर्दा सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ ।