
काठमाडाैं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि आजका लागि संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए ।
बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति हुनेछ।
संयन्त्रका संयोजक एमाले अध्यक्ष ओली हुन् । संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
रास्वपा सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ ।