कांग्रेसका शीर्ष नेताकाे नाम राष्ट्रपतिकाे चर्चामा आएपछि शेखरले भने- उम्मेदवार गैरदलीय हुनुपर्छ

सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्ताे धारणा सार्वजनिक गरेका हुन् ।

सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने र याे सम्भावना कांग्रेसको उम्मेदवारमा मात्रै सम्भव हुने उनले दाबी गरे । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१