ओलीकाे प्रतिक्रिया : राष्ट्रपतिमा एमालेको उम्मेदवार हुन्छ, अरु घटनाक्रम थाहा छैन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताएका हुन् ।

ओलीले सत्ता गठबन्धनमा पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरे । उनले अरु घटनाक्रममा बिषयमा आफूलाई केहि जानकारी नभएको प्रतिक्रिया दिए ।

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१