
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई बिघटित नहुनेगरि गठबन्धन दलहरु जनताको अपेक्षा पूरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले मुलुकलाई स्थीर राखेर नै मुलुकको बिकासको आकांक्षा पूरा हुने जिकिर गरे । अहिले राजनीतिमा देखिएका बितृष्णा, अर्थतन्त्रका समस्याहरु, व्यवसायीहरुको पीडालगायत मुलुकमा देखिएका नकारात्मक संकेतहरुलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनले बताए ।
उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणासमेत राखे ।
महामन्त्री शर्माले अब मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यान केन्द्रति गर्नुपर्ने बताए ।