
धादिङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङको पर्यटकीय गाउँ रुबीभ्याली पुगेका छन् ।
सधैँ पत्नी राधिकालाई ठाउँ चिनाउने गरेका ओली रुबीभ्यालीमा भने राधिकाले देखाएको डाँडातर्फ हेरेको फोटो उनको सचिवालयले सार्वजनिक गरेको छ ।
उक्त तस्बिर रुबीभ्यालीको पानदिसे भन्ने स्थानको हो ।
एमाले सांसद तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा र महासंघका सदस्य तथा व्यवसायी रघु पुरीलगायतले निर्माण गरेको गोरक्ष हाइड्रो पावरको उद्घाटन गर्न ओली रुबीभ्याली गएका हुन् ।