
काठमाडौं । बलिउड अभिनेता श्रेयश तलपडेलाई हृदयाघात भएको छ ।
‘गोलमाल’ का अभिनेता श्रेयशलाई गए राती हृदयाघात भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय मिडियाका अनुसार ४७ वर्षीय श्रेयशको फिल्म सुटिङ क्रममा हृदयघात भएका थियाे । उनी सुटिङ गर्ने क्रममा एक्कासि बेहोस भएका थिए ।
हिन्दुस्तान टाइम्सका अनुसार त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
राती १० बजेपछि एन्जियोप्लास्टीको प्रक्रिया सुरू गरिएको थियो ।
अस्पतालले उनलाई छिट्टै डिस्चार्ज गर्न लागेको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनले बलिउडमा फिल्म अभिनयसँगै निर्देशन पनि गरेका छन् । पछिल्लो समय उनले ‘गोलमाल अगेन’ मा काम गरेका थिए ।