‘उपहार’को गीत ‘मुटुको ४ आना’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर सुन्न सकिन्छ ।

गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याल फिचर्ड छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको पनि अभिनय छ । गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना छ ।

फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१