फिल्म ‘चित्रा’को काठमाडौं प्रिमियर : मिश्रित प्रतिक्रिया

काठमाडौं : घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’लाई सोमबार काठमाडौंको एक हलमा प्रिमियर गरिएको छ ।
अभिनेता सन्तोष अधिकारीको डेब्यू गरेको फिल्म ‘चित्रा’को प्रिमियरमा नेपाली कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रिमियरमा कलाकारहरु गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित भएका थिए ।

प्रिमियरपछि फिल्म चित्राले मिश्रित प्रतिक्रिया पाएको छ । प्रतिक्रिया दिएका केही दर्शकले राम्रो बनेको र कथा मनपरेको बताएका थिए । केहीले भने चित्राले पनि अन्य फिल्म जस्तै कथा। पटकथा र सम्पादनमा चुकेको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिउका थिउ ।

‘हेर्दाखेरी नव नायकको अभिनय भन्ने देखिदैन, सन्तोषको अभिनय पहिलादेखि गरिराखेको देखिन्छ, बधाईं छ मेरो भाइलाई’ भुवनले भने ।
अध्यक्ष केसीले फिल्म रमाइलो भएको बताउँदै आफू इमोशनल बनेको बताए ।

यसैगरी आफूलाई फिल्मको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित बनिन् । आफूलाई फिल्मको कथा मनपरेको उनको प्रतिक्रिया थियो ।

यस्तै, निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाईं दिइन्। उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन् ।

त्यसैगरी निर्देशक नरेश पौड्यालले डेब्यू अभिनेता अधिकारीले फिल्ममा इमोशनमा विविधता दिएको भन्दै तारिफ गरे। उनले अन्य कलाकारको काम राम्रो रहेको बताउँदै प्रमोद र सिम्रन खड्काको अभिनय बहुतै राम्रो लागेको बताए।

यस्तै किसिमको समान प्रतिक्रिया प्रिमियरमा सहभागीहरुको थियो । घनश्याम लामिछाने निर्देशित फिल्म पौस २७ गते शुक्रबारबाट नेपालका सिनेमा हलहरुमा प्रदर्शनमा आउँदैछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१