
काठमाडौँ । दक्षिण कोरियामा बाढी पहिरोबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार केही दिनदेखि यताको भारी वर्षापछिको बाढी पहिरोबाट उक्त संख्यामा मानिसको मृत्यु भएको हो ।
बाढी पहिरोमा परी अझै १२ जना बेपत्ता रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका विपद् व्यवस्थापन कार्यालयले जनाएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।