• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

क्यासिनो ठगी प्रकरण : वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलमा सञ्चालित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्ग पक्राउ परेका हुन् ।

उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । शुक्रबार पक्राउ परेका अध्यक्ष च्यान मिन चिङ्गमाथि अनुसन्धान भइरहेको छ ।

अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामो ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

यसअघि प्रहरीले क्यासिनोबाट चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस् 

क्यासिनो ठगी प्रकरण: अलोफ्ट, मेरियट र र्‍याडिसनको भूमिकामाथि प्रश्न

ठमेलका क्यासिनोमा ‘हाई-टेक’ ठगी: आँखामा लेन्स र तासमा चुम्बक! (भिडिओसहित)