• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि सोमबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ महँगो हो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सोमबार तोलामा ६ हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ६ हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि पढ्नुहोस् । 

यी विविध कारणले बढिरहेको छ सुनको मूल्य, विश्वबजारमा प्रतिऔंस ५ हजार डलर नाघ्यो