राजेश पायल राईले साेधे- काेही छ मलाई राष्ट्रघाती भन्ने ?

काठमाडाैं । गायक राजेश पायल राईले पछिल्लो समय विवादका कारण चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ नेपाली र हिन्दी दुबैमा हेर्ने बताएका छन् ।

हिन्दी भाषा नेपालमा रिलिज गर्ने र नगर्ने भन्ने बिषयमा विवाद चर्चिरहेको समय उनले यो फिल्म दुबै भाषामा हेर्ने बताएका हुन् ।

उनले केही अगाडि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मको बिषयमा दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै यो विषयमा आफूलाई राष्ट्रघाती भन्ने कोही कोही छ भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक संजालमा फिल्मको पोष्टर समेत शेयर गर्दै लेखेका छन्, ‘नेपालीमा त हेर्ने नै भए, हिन्दी भाषाको पनि हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ? । उनले माया र सपोर्ट नेपाली फिल्म ‘प्रेम गीत ३’ समेत भनेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१