Category: खेल

खेल

  • टि२० विश्वकप छनोट सेमिफाइनल : टस जितेर यूएईले राेज्याे ब्याटिङ

    टि२० विश्वकप छनोट सेमिफाइनल : टस जितेर यूएईले राेज्याे ब्याटिङ

    काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईले टस जितेर जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे हाे ।

    आजकाे खेलमा नेपालले युएईलाई हराए आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा खेल्न पाउनेछ ।

    नेपालले आजकाे खेलमा कुशल मल्लकाे ठाउँमा अलराउण्डर विवेक यादवलाई राखेकाे छ । नेपालको सुरुवाती –११ मा कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, विवेक यादव, कमलसिंह ऐरी र अभिनास बोहरा छन् ।

  • नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा

    नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा

    काठमाडाैं । नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    सोमबार भएको समूहको अन्तिम खेलमा क्यानडामाथि ८ विकेटकाे जितसहित नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

    क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हाे ।

    नेपालका लागि कुशल भुर्तेलले ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । दुवै नटआउट रहे । यस्तै ​आसिफ सेखले १७ रन बनाए । कुशल मल्लले १ रनमात्र बनाए ।

    त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट गरेकाे थियाे ।

    सेमिफाइनलमा नेपालले मंगलबार यूएईको सामना गर्नेछ । यूएईविरुद्ध जित हासिल गर्न सके नेपाल अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

  • नेपालसामू निरिह क्यानडा, ८० रनमा समेटियाे

    नेपालसामू निरिह क्यानडा, ८० रनमा समेटियाे

    काठमाडाैं । आइसीसी विश्वकप टि२० विश्वकप छनोट खेलमा क्यानडाले नेपाललाई ८१ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा ८० रनमा समेटिएकाे हाे ।

    क्यानडाले १५ ओभर खेल्दा पूरा विकेट गुमाएर ८० रनमात्र बनाउन सफल भयाे । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा कमलसिंह ऐरी र अविनाश बोहराले २-२ विकेट लिए । कुशल मल्लले एक विकेट लिन सफल भए ।

    याे खेलमा नेपाल विजेता भए सेमिफाइनलमा समूह ‘ए’ काे उपविजेता यूएईसँग खेल्नेछ । यस्तै, नेपाल उपविजेता भए समूह ‘ए’ काे विजेता आयरल्यान्डसँग खेल्नेछ ।

    सेमिफाइनल खेल मंगलबार र फाइनल खेल आउँदाे बिहीबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

  • क्यानडाविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

    क्यानडाविरुद्ध टस हारेर फिल्डिङमा नेपाल

    काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध पहिले फिल्डिङ गर्ने भएकाे छ ।

    क्यानडाले टस जितेर पहिला ब्याटिङ रोजेको हाे ।

    समूहका अघिल्ला दुबै खेल जितेको नेपाल सेमिफाइनल नजिक छ । समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ ।

  • फागुन १८ बाट नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी

    फागुन १८ बाट नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी

    काठमाडौं । सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ ।

    आयोजक नेपालस्थित पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जानकारी दिएको हो । लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको दुतावासले जनाएको छ । चार समूहमा बिभिन्न क्रिकेट क्लव तथा एकेडेमीको सहभागीता रहने बताइएको छ । चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन् ।

    पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले क्रिकेटमा युवाहरुको आकर्षण बढाउनका लागि र खेल प्रतिको भावना बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

    यस्तै नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले नेपालको क्रिकेटम पाकिस्तानले गरेको सहयोगको चर्चा गरे ।

    प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्नेछ भने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने दुतावासले जनाएको छ ।

  • आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट : साेमबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

    आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट : साेमबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

    काठमाडाैं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार ३ : ४५ बजे सुरु हुनेछ ।

    ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट दुई अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहीन फिलिपिन्स समूहको पुछारमा रहेकाे छ ।

    नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुई खेलमा जित निकालेको छ । छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियाे ।

    साेमबार जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल जित्न सफल भएमा नेपाल टी-२० विश्वकपमा छनोटमा हुनेछ । ग्लोबल छनोटकाे समूह ‘ए’ मा शीर्ष स्थानमा यूएई रहेकाे छ ।

  • फिलिपिन्सविरुद्ध नेपालकाे शानदार जित

    फिलिपिन्सविरुद्ध नेपालकाे शानदार जित

    काठमाडाैं । टी–२० विश्वकप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ । ओमानमा जारी खेलमा नेपालले फिलिपिन्सविरुद्ध १३६ रनको जित दर्ता गर्न सफल भएकाे हाे ।

    कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण नेपालले लगातार दोस्रो जित हासिल गर्न सफल भएकाे हाे ।

    २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई नेपालले ८२ रनमा राेकेकाे हाे । फिलिपिन्सलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले तीन विकेट लिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेकाे थियाे ।

    पहिलाे खेलमा पनि नेपालले ओमानविरुद्ध शानदार जित निकालेकाे थियाे ।

    याे पनि : 

    कुशल भुर्तेलकाे शतक

    फिलिपिन्सविरुद्ध दिपेन्द्र सिंह ऐरीकाे पनि अर्धशतक

  • नेपालले दियाे फिलिपिन्सलाई २१९ रनकाे विशाल लक्ष्य

    नेपालले दियाे फिलिपिन्सलाई २१९ रनकाे विशाल लक्ष्य

    काठमाडाैं । टी२० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो ।

    ओपनर कुशलले अविजित १०४ रन बनाए । कुशलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे ।

    यस्तै, दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए । यसैगरी नेपालका लागि कुशल मल्लले १२ र लाेकेश बमले नटआउट ६ रन बनाए ।

  • कुशल भुर्तेलकाे शतक

    कुशल भुर्तेलकाे शतक

    काठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध सय रन पूरा गरेका छन् ।

    ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले शतक पूरा गरेका हुन् । कुशलले ५७ बलमा शतक पूरा गरेका हुन् ।

    टस हारेर ब्याटिङ गरिररहेकाे नेपालले २ विकेट गुमाएर २०० रन पूरा गरिसकेकाे छ ।

    कुशल नेपालबाट टि२० आईमा शतक बनाउने तेस्रो खेलाडी हुन् ।

    यसअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

    पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि२० आईमा शतक प्रहार गर्ने नेपालबाट पहिलो खेलाडी बनेका थिए ।

  • फिलिपिन्सविरुद्ध दिपेन्द्र सिंह ऐरीकाे पनि अर्धशतक

    फिलिपिन्सविरुद्ध दिपेन्द्र सिंह ऐरीकाे पनि अर्धशतक

    काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत दिपेन्द्र सिंह ऐरीले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    दिपेन्द्रले ३७ बलमा अर्धशतक पुरा गरेका हुन् । उनले ५४ रन जोड्दा ४ चौका र १ छक्का हिर्काए । यसअघि कुशल भुर्तेलले अर्धशतक पूरा गरिसकेका छन् ।