Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • गलकोट स्पोर्टस क्लबको अध्यक्षमा डिलाराम निउरे

    गलकोट स्पोर्टस क्लबको अध्यक्षमा डिलाराम निउरे

    जापान । गलकोट स्पोर्टस क्लबको मंगलबार टोकियोमा सम्पन्न चौथो अधिवेशनले डिलाराम निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

    जापानमा रहेर पनि नेपाली खेलको संरक्षण सम्बर्द्धन र योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर खत्री उपाध्यक्षमा राज़ु बस्नेत र प्रकाश निउरे चयन भएको निर्वाचन समितिका सदस्य नरबहादुर थापाले जानकारी दिए ।

    त्यसैगरि क्लबको २०२१-२०२३ कार्यकालका लागि महासचिवमा हिमाल कंडेल, सचिवमा दिनेश थापा, दीपक सुबेदी विप्लव र सह सचिवमा हरी भण्डारी निर्विरोध रूपमा चयन भएको निर्वाचन समितिका सदस्य थापाले बताए ।

    टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आइरहेको सो क्लबको सम्पन्न अधिवेशनबाट क्लब कोषाध्यक्षमा रमेशकुमार खत्री, सह कोषाध्यक्षमा इश्वर बस्नेत, खेल संयोजकमा गणेश केसी र लेखा संयोजकमा जीवन गैरेलाई चयन गरेकाे छ ।

    क्लबको निर्वाचित सदस्यहरूमा कुशल भण्डारी, दुर्गाबहादुर थापा, जेम्स बस्नेत, अम्मरबहादुर खड्का (कृष्ण), नारायण थापा, सुरज केसी, अशिम बस्नेत र गोमा बुढ़ाथोकी रहेका छन् ।

    अधिवेशनमा क्लबका संरक्षक समेत रहेका विशिष्ट अतिथि रत्नसिंह बस्नेतले आपसी सद्भाव र भाइचाराको विकास गर्न क्लबले खेलमार्फत खेलेको भूमिकाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा समेत योगदान पुर्‍याएकाले आगामी दिनमा सहकार्य र समन्वयात्मक रूपमा थप कार्य गर्न आग्रह गरे ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले खेलका माध्यमबाट पूरा गरेको कर्तव्यले आउने पुस्तालाई प्रेरणा र हौसला मिल्ने भएकोले व्यवस्थित योजनामार्फ़त सशक्त ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गरे ।

    अधिवेशनमा बोल्ने वक्ताहरूमा क्लबका सल्लाहकार तथा ग़ैर आवासीय नेपाली संघका आइसीसी सदस्य नरबहादुर थापा, सल्लाहकार विजय भण्डारी र हिराबहादुर शेरचन रहेका थिए ।

    क्लबको अधिवेशनमा सचिव राजु बस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्ध बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता र सदस्य दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो ।

    जापानमा विभिन्न पेशा ब्यावसाय अध्ययन र रोजगारीका लागि रहेका नेपाली समुदायमा रहेका खेलाडीको संरक्षण र नेपालको राष्ट्रिय खेल भलिबलप्रति चासो र क्रियाशील बनाई राख्न आफ्नो स्थापनाकालदेखि हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

    जापानमा रहेका गलकोटेका साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउँदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्‍याउने उद्देश्यले गलकोट स्पोर्टस क्लब स्थापना गरिएको हाे ।

  • भेटिए चन्द्रे कामी

    भेटिए चन्द्रे कामी

    काठमाडाैं । अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गएकाे मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

    हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रेले गएको मंसिर ५ गते सोरु गाउँपालिका-४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम विवाह गरेका थिए । किशाेरीलाई माइती पक्षले २९ गते राति खोसेर लिएका थिए । त्यही दिनदेखि चन्द्रे सम्पर्कविहीन भएका थिए ।

    किशाेरीका बुवा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

  • १० औँ महाधिवेशनपछि एमालेमा के–के फेरिए ? कसले के जिम्मेवारी पाए ?

    १० औँ महाधिवेशनपछि एमालेमा के–के फेरिए ? कसले के जिम्मेवारी पाए ?

    काठमाडाैं । दसौं महाधिवेशनपछि नवनिर्वाचित एमालेको केन्द्रीय नेतृत्वले आफ्ना विभिन्न संरचना निर्माण गरी नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

    एमालेले अन्तर्पार्टी निर्देशन–१ जारी गरी यसबारे जानकारी गराएको हो । भक्तपुरमा २ दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकपछि अध्यक्ष केपी शर्माले अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

    यस्ताे छ पुस १ गते जारी गरिएकाे एमालेकाे अन्तरपार्टी निर्देशन :

  • अमेरिकामा एमसीसीको समीक्षा, नेपालले छिटाे निर्णय लिने अपेक्षा

    अमेरिकामा एमसीसीको समीक्षा, नेपालले छिटाे निर्णय लिने अपेक्षा

    काठमाडाैं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अमेरिकामा मंगलबार बसेको बोर्ड बैठकमा एमसीसी—नेपाल कम्प्याक्टको अवस्था र अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको छ ।

    अमेरिकाले नेपालको संसदबाट एमसीसी छिटाे अनुमोदन हुने अपेक्षासमेत लिएको छ । बुधबार वासिङ्टनस्थित एमसीसी मुख्यालयले जारी गरेकाे विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता चाँडो पारित गर्न सञ्चालक समितिले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ।

    यसअघि याे बैठकबाट नेपाल कम्प्याक्ट खारेजी हुने चर्चा चलेकाे थियाे । तर पहिले चर्चा भएजस्तो अहिले नै नेपाल कम्प्याक्ट खारेजीबारे निर्णय भने बैठकले गरेको छैन ।

    उक्त बैठकअघि नेपालको संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदनका लागि अमेरिकाले ताकेता गरेको थियो । एमसीसीलाई लिएर पछिल्ला केही महिनामा उच्च अमेरिकी अधिकारीले नेपाल भ्रमणसमेत गरेका छन् ।

    एमसिसीका विषयमा नेपालमा लगातार विरोध भइरहेकाे छ । गएको मंगलबार सुरु भएको संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ । तर दलहरुबीच सहमति जुटेको भने छैन ।

    एमसीसी मुख्यालयले जारी गरेकाे विज्ञप्ति हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस्

  • काठमाडाैंकाे तापक्रम तीन डिग्री सेल्सियस मापन, शुक्रबारदेखि थप चिसाे बढ्ने

    काठमाडाैंकाे तापक्रम तीन डिग्री सेल्सियस मापन, शुक्रबारदेखि थप चिसाे बढ्ने

    काठमाडौं । बिहीबार बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको हाे । बिहीबार दिउँसो काठमाडौं उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएकाे छ ।

    शुक्रबारदेखि थप चिसो बढ्ने प्रक्षेपण महाशाखाले गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आउने र चिसो अझ बढ्न सक्ने सम्भावना रहेको महाशाखाका माैसमविद्ले जनाएका छन् ।

    यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

    महाशाखाले जारी गरेकाे विशेष बुलेटिनमा भनिएकाे छ – पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण २०७८ पुस २ गते (शुक्रबार) बिहानबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । साथै, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

  • काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

    काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

    आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।

    भ्रष्टाचार गरेको आरोपमा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाइका प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकनमा पाँचजनाको संलग्नता रहेको आयोगले जनाएको छ ।

  • विश्वका धेरैजसो देशमा ओमिक्राेन भेरियन्ट फैलिएको डब्लूएचओको अनुमान

    विश्वका धेरैजसो देशमा ओमिक्राेन भेरियन्ट फैलिएको डब्लूएचओको अनुमान

    काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बताएका छन् ।

    डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताए । ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई बताएका छन् ।

    यस भेरियन्टसँग जुझ्न कयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका अवस्थामा मङ्गलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोरर्‍याए । उनले बूस्टर डोजहरुले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भएपनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताएका छन् ।

    यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसैसँगै कयौँ देशहरूले दक्षिणअफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङक्रमण फैलन रोकिएको छैन ।

  • बेलायतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु

    बेलायतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु

    काठमाडाैं । बेलायतमा ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेका छन् ।

    ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको उनले जनाएका हुन् । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका थिए । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने पनि उनले चेतावनी दिएका छन् ।

    युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् ।

  • मिस युनिभर्स हरनाज संधूकाे सुन्दरता (तस्बिरमा)

    मिस युनिभर्स हरनाज संधूकाे सुन्दरता (तस्बिरमा)

    काठमाडाैं । मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज संधूले जितेकी छिन् । २१ वर्षपछि भारतकी प्रतिस्पर्धीले यो उपाधि जितेकी हुन् ।

    पञ्जाबकी सन्धुले पाराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी लालेला मासवानेलाई हराउँदै उपाधि जितेकी हुन् ।

    सबै तस्बिर : REUTERS/EPA

     

  • कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र ११ सय बुथ

    कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र ११ सय बुथ

    काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाअधिवेशन अन्तर्गत सोमबार हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी १ हजार १ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

    मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन स्थानमा मतदान केन्द्र स्थापना गरेको महाधिवेशन मिडिया सेन्टरका संयोजक सुरेश आचार्यले जानकारी दिए । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ ।

    त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको समितिले जनाएको छ ।

    मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिने भएको छ। मतदान सोमबार बिहान ८ देखि ५ बजेसम्म हुनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

    पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ ।