काठमाडाैं । नेपालमा एमसीसी पारित गर्नका लागि अमेरिकाले दिइरहेको दबाबका सम्बन्धमा अमेरिकाले चासो व्यक्त गरेको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले नेपालमा अमेरिकाको बाध्यकारी कूटनीतिको विरोध गर्ने बताएका चीनकाे सरकारी समाचार पत्रिका ग्लाेबल टाइम्सले जनाएकाे छ ।
नेपालसँग सहकार्य गर्न, नेपालको आर्थिक विकासमा योगदान गर्न र नेपालीको जीवनस्तर सुधार्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले स्वागत गर्ने तर यो सबै कुरा नेपाली जनताको इच्छाबमोजिम र राजनीतिक शर्तविना नै गरिनुपर्ने वाङको भनाइ छ ।
अमेरिकाका सहायक विदेशमन्त्री डोनल्ड लुले नेपालका शीर्ष नेताहरूसँगको टेलिफोन कुराकानीमा फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता अनुमोदन नगरेमा नेपालसँग अमेरिकाको सम्बन्धमा पुनर्विचार गर्ने भनी आएको समाचारमा वाङले टिप्पणी गरेका हुन् ।
काठमाडौं । एमसीसीलाई लिएर नेपालमा भइरहेको प्रदर्शन र विवादलाई लिएर अमेरिकाले आपत्ति जनाएको छ ।
सामाजिक सञ्जालमार्फत नेपालस्थित अमेरिकी दूतावासले भनेकाे छ ‘हामी स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौँ । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व हो र मानिसहरुले शान्तिपूर्वक आफ्ना विचारहरु साझा गर्न अनुमति दिनुपर्छ । हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य कदापी स्वीकार्य छैन ।’
नेपालमा एमसीसीकाे विराेधमा प्रदर्शन भइरहेकाे छ । एमसीसीकाे विषयलाई लिएर फातिमा सुमार, डोनाल्ड लूदेखि राजदूत र्यान्डी बेरीसम्मले पटक-पटक असन्तुष्टि जनाइरहेका छन् ।
काठमाडौं । सत्ता गठबन्धनको बैठक सकिएकाे छ । बैठक आइतबार फेरि बस्ने गरी सकिएको हाे ।
गठबन्धनको अर्को बैठक आइतबार बिहान बस्ने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सचिवालय सदस्य रमेश मल्लले जानकारी दिए ।
एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
छलफलमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको बताइएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा जतिसक्दाे चाँडो एमसिसी संसदमा पेस गर्ने पक्षमा छन् । तर गठबन्धनका अन्य नेताहरुले आइतबारसम्म समय मागेपछि देउवा सहमत भएका हुन् ।
बैठकको सुरुमै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थप समय मागेका थिए । समाजवादीको स्थायी कमिटी बैठक शनिबार बस्दै छ । त्यसमा थप छलफल गर्ने उक्त पार्टीको तयारी छ ।
बैठकअघि शुक्रबार बिहान नै नेपाली कांग्रेसबाहेक गठबन्धन दलका शीर्ष नेताको बैठक माओवादी अध्यक्ष दाहाल निवास खुमलटारमा बसेको थियो । उक्त बैठकले एमसीसी अहिले नै संसदमा पेस गर्न सक्ने अवस्था नभएकाे निष्कर्ष निकालेकाे थियाे ।
गठबन्धनले निर्णय गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद बढाएका छन् । बिहीबार साँझ उनी ओली निवास बालकोट पुगेका थिए ।
काठमाडाैं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसाे १ बजेका लागि तय भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका छन् ।
तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।
सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले शुक्रबारकाे बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ ।
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु भने शुक्रबारकाे बैठकमा एमसीसी टेबल हुने बताउँछन् ।
यसअघि नेपाली कांग्रेसले बुधबार नै एमसीसी टेबल गर्ने बताएकाे भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा शुक्रबारसम्मका लागि पर्खिएका थिए । यही कारण पनि शुक्रबारकाे बैठकमा एमसीसी टेबल हुने उनकाे कतिपय कांग्रेस नेताहरुकाे तर्क छ ।
संसद् बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । तर, संसद् बैठकअघि बस्ने बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले अन्तिम कार्यसूची तय गर्ने छ ।
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकारहरुसँग भेट गरेका छन् । भेटका क्रममा एमसीसीबारे पनि कुराकानी भएकाे छ ।
गायक राजेश पायल राईले राखेकाे एमसीसीबारेकाे प्रश्नमा प्रचण्डले हाँस्दै भने- पैसा दिनेले खुरुखुरु दिए हुने नि ! यसाे गर्, त्यसाे गर् भन्नपर्छ ? उनले एमसीसी देशकाे हितमा नभएकाे जिकीर पनि गरे ।
उनले सुरुवातमा एमसीसी सम्झाैता संसदबाट अनुमाेदन हुनुपर्ने व्यवस्था नभएकाे तर पछि केपी शर्मा ओली नेतृत्वकाे सरकारले याे व्यवस्था गरेकाे पनि बताए ।
एमसीसीबारे गठबन्धनमा व्यस्त बनेका प्रचण्डलाई बिहीबार कलाकारहरु भेट्न पुगेका थिए । गायक राजेशपायल राई, गायिका कल्पना दाहाल, रीता सिवाकोटी, करिश्मा ढकाल, चेतन सापकोटालगायतका कलाकारहरु खुमलटार पुगेका थिए ।
उनीहरुले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रचण्डसँगकाे भेटबारे कमेडियन सन्दीप क्षेत्रीले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । क्षेत्रीले प्रचण्डलाई भेटेर खुसी लागेको बताएका छन् ।
‘पूर्वप्रधानमन्त्री प्रचण्डसँग बिहानको भेट,’ क्षेत्रीले फेसबुकमा लेखेका छन्,‘उनी पनि मिस्टर ह्याप्पीलाई भेटेर खुसी छन् ।’
काठमाडौं । एमसीसीबारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् ।
एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताहरू छलफलमा जुटेका हुन् । बैठकमा जसपा नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् ।
माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा छन् । नेपाली कांग्रेस अगाडि बढाउनुपर्ने अडानमा छ ।
एमसीसीका विषयमा निर्णायक छलफलका लागि गठबन्धनको बैठक बेलुकी ५ बजे बालुवाटारमा बस्ने तय भएकाे छ ।
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् ।
काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन समारोहमा बिहीबार बिहान संक्षिप्त सम्बोधनका क्रममा देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।
उनले संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए । देउवाले भने, ‘एमसीसी राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’
मंगलबार बसेकाे नेपाली कांग्रेसकाे संसदीय दलकाे बैठकले बुधबार एमसीसी सदनमा पेश गर्ने निर्णय गरेकाे समाचार सञ्चारमाध्यममा पढेकाे थिएँ । मंगलबार अफिसबाट घर फर्कने बेलामा साँझ नेकपा माओवादीका भ्रातृ संगठनलगायतले एमसीसीकाे विराेधमा नेपाल बन्दकाे आयाेजना गरेकाे समाचार पनि पढेकाे थिएँ ।
बुधबार बिहान बानेश्वरमा संसद भवन घेराउ गर्ने माओवादीका भ्रातृ संगठनकाे अर्काे सूचना पाएकाे थिएँ । बिहानैदेखि नेपाल बन्दकाे प्रभाव खासै देखिएकाे थिएन । बन्दबारेकाे समाचार हेरिरहेकाे थिएँ । सञ्चारमाध्यममा पनि बन्दकाे खास प्रभाव नपरेकाे खबर आइरहेका थिए ।
राजेश शर्मा
बिहान १० बजे खाना खाएर सामाखुशीबाट बानेश्वर अफिसका लागि निस्किएँ । अफिस पुग्नासाथ एकछिनमा एकजना साथी (हिमाल शर्मा) लाई लिएर बानेश्वर चाेकतिर लागेँ । माओवादीकाे भ्रातृ संगठनहरुकाे विराेध प्रदर्शन सुरु भइसकेकाे थियाे । क्यामेरा निकालेर तस्बिर तथा दृश्य कैद गरिरहेकाे थिएँ । एकैछिनमा भीड एकदमै बढी भयाे ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजिरहेका थिए । प्रदर्शनकारीहरुकाे उग्र रुप लिएपछि एकैछिनमा झडपकाे स्थिति सिर्जना भयाे । प्रहरीकाे सहयाेगमा निरन्तर भिडियाे तथा फाेटाे खिचिरहेकाे थिएँ । झडपका क्रममा प्रहरीले पानीका फाेहाेरा हान्न थाल्याे । पानीकाे फाेहाेरा हान्न थालेपछि प्रदर्शनकारीहरु तितरवितर भए । प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगा तथा इट्टाका टुक्राहरु बर्षाइरहेका थिए ।
यही क्रममा केही प्रदर्शनकारीहरु घाइते भए । केही प्रदर्शनकारीहरुलाई प्रहरी पक्राउ पनि गर्यो । हामी निरन्तर अपडेटमा थियाैँ । एकैछिनमा प्रदर्शन केही मथ्थर भएकाे थियाे । प्रदर्शनकारीका तर्फबाट केही वक्ताहरु बाेलिरहेका थिए । केही भने एमसीसीकाे विराेधमा चर्काे नाराबाजी पनि गरिरहेका थिए ।
प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरिरहेकाे थियाे । यही क्रममा मेराे साथी हिमाल शर्मा पनि समातिन पुगे । पत्रकार भएकाे जानकारी गराइरहँदा पनि प्रहरीले भ्यानमा हाल्न लागिरहेकाे थियाे । पत्रकार भएकाे जानकारी र परिचयपत्र हेरेपछि साथीलाई प्रहरीले छाेडिदिए ।
संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ दल र माओवादीका भ्रातृ संगठनले प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो । झडपका केही प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएकाे दृश्य आफ्नै क्यामेरामा पनि कैद भएकाे थियाे । दर्जनाैँ प्रदर्शनकारी पक्राउ परेका थिए ।
बिहान ११ बजेदेखि सुरु भएको एमसीसी विरुद्धको प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र करिब ४ घण्टापछि अहिले भने शान्त भएकाे छ ।
काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।
बडूले सरकारले दुईदिन सहमति खोज्ने र समझदारीको आधारमा शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेवल गर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको बैठकमै एमसीसी टेवल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसीसीबारे मतभेद चर्किएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर शुक्रबारको बैठकमा टेवल गर्ने तयारी गरेको हो ।
बुधबारको प्रतिनिधि सभाको बैठकपछि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको उल्लेख गरे ।
सत्ता घटक नेकपा माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अघि बढाए त्यसको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
देउवा–दाहालबीच गठबन्धनमा पुनः एक पटक सहमतिको प्रयास गर्ने र अघि बढ्ने समझदारी बनेको बालुवाटार स्रोतकाे दाबी छ ।
काठमाडौं । एमसीसीको विरोधमा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको छ । प्रदर्शनकारी नियन्त्रणमा लिन प्रहरीले पानीका फोहरा प्रहार गरेकाे छ ।
नेकपा माओवादीका भातृ संगठनहरुले बानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो । आन्दोलनकारीले अराजक नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारी समेत घाइते भएका छन् । अहिले माओवादी कार्यकर्ताले एमसीसीविरुद्धमा नाराबाजी जारी राखेका छन् ।