
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ ।
बुधबार राति घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे हत्या भएकाे प्रहरीले जनाएकाे छ । श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका उनका श्रीमान् बच्चुलाल घर फर्किदा सुखरीदेवी मृत अवस्था फेला परेकी थिइन् ।
घटनास्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाट भएकाे पनि प्रहरीले जनाएकाे छ ।
मृतक चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।