श्रीमानको हत्या गरेर श्रीमती आफैँ पुगिन् प्रहरी कार्यालय

काठमाडौं । कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।

मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको भन्दै प्रहरी कार्यालयमा पुगेकी थिइन् ।

आइतबार राति यसरी उनी पुगेपछि प्रहरीले थुमालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

घरायसी विवादको क्रममा धारिलो हसियाले प्रहार गरी नारायणको हत्या गरेपछि उनी आफैँ इलाका प्रहरी कार्यालय पण्डौनमा पुगेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१