बुटवलको जंगलमा एक दम्पती मृत फेला

रुपन्देही । बुटवलको जंगलमा एक दम्पती मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगर सामुदायिक वनको जंगलमा उनीहरूको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यसरी मृत भेटिनेमा बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेको प्रहरीले जनाएकाे छ ।

गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत फेला परेको प्रहरीले जनाएको हाे ।

उनीहरूको शवनजिक सिसाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकाले उनीहरूले सामूहिक रूपमा आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१