
काठमाडाैं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।
यस्तै, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका छन् ।
स्थानीय निर्वाचनको मुखमा केसीलाई स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारेपनि पछि अस्वीकार गरेका थिए । यस्तै, खड्का भने दलीय राजनीतिमा खुलेकी थिइनन् ।