
काठमाडाैं । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएपछि अब जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।
आयोजकले सलमान खानलगायत टिमको माग पूरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको आयाेजक स्राेतकाे दाबी छ । यसबारे औपचारिक जानकारी भने आएकाे छैन ।
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसहित भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।
आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ । यसअघि पनि सलमानको कार्यक्रम स्थगित भएको थियो ।