सुनचाँदीकाे मूल्यमा गिरावट, यस्ताे छ भाउ

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

साेमबार छापावाल सुन प्रति तोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आइतबार यस्तो सुन प्रति तोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१